२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिकमा पाँच प्रतिशत औषधि छुट, १० प्रतिशत प्याथोलोजी टेस्ट छुट र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij