२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर रहेको निष्कर्ष निकालेको थियो । समाजवादी मोर्चाको बैठक आज ४ बजे बस्ने भएको छ ।
गम्भीर परिस्थितिलाई कसरी सामना गरेर जाने भन्ने विषयमा मोर्चाको बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकले कुनै निर्णय नगरेको उनले जिकिर गरे ।
साथै प्रतिगामी शक्तिको प्रतिरोधमा काउन्टर जुलुस निकाल्ने निर्णय भएको पौडेलले बताए । मोर्चाको बैठकमा छलफल गरेर मात्र माओवादीले निर्णय गर्ने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij