Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

गाजाको पुनर्निर्माणका लागि ५३ अर्बको योजना

गाजाको पुनर्निर्माणका लागि ५३ अर्बको योजना


  • 1.8K
    Shares

    गाजाको पुनर्निर्माणका लागि ५३ अर्बको योजना
    images

    जेरुसलेम/ब्रसेल्स । प्यालेस्टिनीहरूलाई विस्थापित नगरी गाजाको पुनर्निर्माणका लागि अरब नेताहरूले अघि सारेको ५३ अर्ब डलर बराबरको योजनालाई प्रमुख युरोपेली राष्ट्रहरूले समर्थन गरेका छन् । 

    इजिप्टले तयार गरेको र अरब नेताहरूले समर्थन गरेको योजनालाई फ्रान्स, जर्मनी, इटाली र बेलायतले स्वागत गरेका बीबीसीले जनाएको छ । उनीहरूले पाँच वर्षभित्र गाजाको पुनर्निर्माण गर्ने योजना व्यावहारिक भएको जनाएका छन् ।

    उनीहरूले एक विज्ञप्ति जारी गर्दै उक्त प्रस्तावले गाजाका जनताको विपत्तिजनक जीवनस्तर द्रुत र दिगो रूपमा सुधार गर्ने वाचा व्यक्त गरेका छन् । उक्त योजनामा गाजा अस्थायी रूपमा स्वतन्त्र विज्ञहरूको समितिद्वारा शासित हुने र अन्तर्राष्ट्रिय शान्ति सेनालाई गाजा क्षेत्रमा तैनाथ गर्ने भनिएको छ । समितिको प्यालेस्टिनी प्राधिकरणको निरीक्षणमा मानवीय सहायताको निरीक्षण गर्ने र गाजाको मामिलालाई अस्थायी रूपमा व्यवस्थापन गर्ने जिम्मेवारी हुनेछ ।
    अब मात्र २०० रुपैयाँमा विज्ञापन पोस्ट गर्नुहोस् – फागु पूर्णिमा उत्सव अफर !

    मार्च १ मा ६ साताको पहिलो चरण समाप्त भएसँगै गाजाको कमजोर युद्धविराम भंग हुने बढ्दो चिन्ताबीच नयाँ प्रस्ताव तयार पारिएको हो । हमासलाई युद्धविरामको अस्थायी विस्तारको लागि नयाँ अमेरिकी प्रस्ताव स्वीकार गर्न दबाब दिन इजरायलले सहायतालाई क्षेत्रमा प्रवेश गर्नबाट रोक लगाएको छ । जसको अवधिमा गाजामा राखिएका थप बन्धकहरूलाई प्यालेस्टिनी कैदीहरूको बदलामा रिहा गरिनेछ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलले भने योजना अस्वीकार गरेका छन् । ट्रम्पले गाजास्थित प्यालेस्टिनीलाई अन्यत्र सार्नुपर्ने बताउँदै आएका छन् । ट्रम्पको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजले भग्नावशेष र बमहरू रहेकाले मानिसहरू बसोबास गर्ने अवस्था नरहेको बताएका छन् । उनले ट्रम्प उक्त क्षेत्रको पुनर्निर्माणबारे स्पष्ट रहेको र आफ्नो लक्ष्यमा दृढ रहेको पनि बताए ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १४:५७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij