Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

अध्यक्ष प्रचण्डलगायत नेताहरू काठमाडौं आइपुगे

अध्यक्ष प्रचण्डलगायत नेताहरू काठमाडौं आइपुगे


  • 2.7K
    Shares

    अध्यक्ष प्रचण्डलगायत नेताहरू काठमाडौं आइपुगे
    images

    काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र) पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरू काठमाडौं आउनेक्रम जारी रहेकाले भोलि बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी बोलाइएको सचिव देवेन्द्र पौडेलले  बताए । 

    पूर्वनिर्धारित पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौं फर्किरहेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि काठमाडौं फर्किसकेको सचिवालयले जनाएको छ । 

    उपमहासचिव गिरिराजमणि पोखरेल लगायत नेताहरू राजधानी फर्किने क्रममा रहेका छन् । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको रक्षाका लागि आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीहरूले सडकमा सक्रियता बढाएको छ ।

    पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भमा शनिबार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले तराई मधेस जागरण अभियान स्थगित गरी काठमाडौं केन्द्रित हुने निर्णय गरेको थियो । यद्यपि सचिव पौडेलले राजावादीहरूको सक्रियताले केही फरक नपर्ने जिकिर गरेका छन् । 

    ‘राजावादीहरूको सक्रियताले केही फरक पर्दैन । माओवादीले खासै केही तयारी गरेको छैन । संसदमा प्रभावकारी भूमिका खेल्नका लागि अभियान स्थगित गरिएको हो । आगामी योजनाबारे छलफल गर्न भोलि बिहान पदाधिकारी बैठक बोलाइएको छ’, उनले भने ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १३:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij