२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाले आर्थिक वर्ष २०८०/२०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। आ।व। २०८०/२०८१ लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ।
साधारण सभाले विशेष प्रस्तावको रूपमा भविष्यमा अन्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने, गाभिने वा प्राप्तिसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिने, प्रबन्ध पत्रमा प्रस्तावित संशोधन, नियमनकारी निकायबाट फेरबदल वा संशोधनका सुझाव अनुसार आवश्यक परिमार्जन गर्ने, र वित्तीय संस्थाको प्रबन्ध पत्रमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij