Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अमेरिकाबाट फर्काइएकालाई परिवारको जिम्मा लगाइयो, मानवतस्करबारे उजुरी दिन अनिच्छुक

अमेरिकाबाट फर्काइएकालाई परिवारको जिम्मा लगाइयो, मानवतस्करबारे उजुरी दिन अनिच्छुक


  • 1.3K
    Shares

    • images
    अमेरिकाबाट फर्काइएकालाई परिवारको जिम्मा लगाइयो, मानवतस्करबारे उजुरी दिन अनिच्छुक

    काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएर छाडेको छ ।

    अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मना लगाएको हो ।

    ब्यूरोका एसपी नरेन्द्र कुँवरका अनुसार, उनीहरुमार्फत मानवतस्करीको कुनै नेक्ससबारे जानकारी आउँछ कि भन्ने हिसाबले सोधपुछ गरिएको थियो । ‘तर, उहाँहरुमध्ये धेरैले त्यस्तो सूचना दिने इच्छा व्यक्त गर्नुभएन’, उनले भने, ‘अमेरिका पुग्नुअघि उहाँहरु विभिन्न मुलुक भिजिट भिसामा जानुभएको थियो, त्यसबाहेक व्यक्तिगत लेनदेनका कुराहरु खुलाउन चाहनुभएन ।’

    अहिले उनीहरुलाई परिवारको जिम्मा लगाइए पनि रेडर्क राखिएकाले पछि समेत यो मामलालाई ब्यूरोले फलोअप गरिरहने उनले बताए ।

    ग्रिफान एयरको बुधबार चार्टर्ड विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि अध्यागमन विभागले उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।

    ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीहरुसँग विविध विषयमा सोधपुछ गरेको थियो । त्यसक्रममा उनीहरुलाई हत्कडी र नेल लगाएर ल्याएको खुलेको थियो । ट्रान्जिटपछि खुट्टाको चेक भने खोलिदिएको एक जनाले बताएका छन् ।

    प्रहरीका अनुसार, उनीहरुलाई राज्यसँग कुनै गुनासो छ भनेर समेत सोधिएको थियो । त्यसक्रममा उनीहरुले अमेरिका वा आफ्नो देशसँग कुनै गुनासो नभएको बताएका थिए ।

    प्रहरीका अनुसार, ८ जना करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए । उनीहरु विचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए । ‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर उनीहरु अमेरिका पुगेका थिए’, सोधपुछमा संलग्न एक अधिकृतले भने, ‘तर, त्यहाँ पुगेलगत्तै समातिएका रहेछन् ।’

    प्रहरीसँग उनीहरुले स्वदेशमा रोजगारीको अवसर नभएकाले अमेरिका जानु परेको जिकिर गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - ११:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij