Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

सत्तरी करोडको छानबिन गोकुलले गर्ने भएपछि भयो उखरमाउलो विरोध, कसले दियो चोरलाई चाबी ?

सत्तरी करोडको छानबिन गोकुलले गर्ने भएपछि भयो उखरमाउलो विरोध, कसले दियो चोरलाई चाबी ?


  • 9.1K
    Shares

    सत्तरी करोडको छानबिन गोकुलले गर्ने भएपछि भयो उखरमाउलो विरोध, कसले दियो चोरलाई चाबी ?
    images

    काठमाडौँ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटालाई सार्वजनिक लेखा समितिको सदस्य तोकिएकोमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न सभामुख समक्ष माग गरेको छ ।

    संचार मन्त्रीको हैसियतमा सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको ‘अडियो टेप’ सम्बन्धी प्रकरणको छिनोफानो नहुँदै लेखा समितिमै तोकिनु भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको ‘शून्य सहनशील’ नीतिको विरुद्ध भएको जिकीर ट्रान्सपरेन्सीको छ ।

    ‘यो निर्णय नेपाल सरकारको भ्रष्टाचार विरुद्धको ‘शून्य सहनशिलता’ नीतिको प्रतिकूल छ’ ट्रान्सपरेन्सीले आज विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बाँस्कोटालाई लेखा समितिको सदस्य बनाइनु संसदीय मान्यता, पद्धति र स्वार्थको द्वन्द्व सिद्धान्त प्रतिकूल भएको हुँदा यो विषयमा संसद् र एमाले संसदीय दल दुवै गम्भीर हुनुपर्छ ।’

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको सिफारिसमा केही दिनअघि सभामुखले बाँस्कोटालाई लेखा समितिमा पठाएको जानकारी प्रतिनिधि सभा बैठकमै दिएका थिए । 

    ‘एमाले संसदीय दलको नेता प्रधानमन्त्री स्वयंम भएको हुँदा आफ्नै मान्यता विपरीतको यो निर्णय सच्याउनेतर्फ अग्रसर हुन जरुरी छ’ उसले भनेको छ, ‘मुलुककै ठूलो र जिम्मेवार सत्तारुढ पार्टीले आरोपित व्यक्तिलाई लेखा समितिमा पठाउने कार्य सुशासनविरुद्ध भएको हुँदा त्यो निर्णय तत्काल फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल माग गर्दछ ।’

    लेखा समितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो । लेखा समितिले छानबिन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था छ । चोरलाई चाबी दिएको भन्दै उक्त सस्थाले आपत्ति जनाएको हो। बास्कोटा प्रधानमन्त्री ओली निकट साम्सद हुन्।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १६:१६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij