Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तेस्रो दिन पनि घट्यो नेप्से, १० अर्ब ९७ करोड बराबरको कारोबार

तेस्रो दिन पनि घट्यो नेप्से, १० अर्ब ९७ करोड बराबरको कारोबार


  • 1.7K
    Shares

    • images
    तेस्रो दिन पनि घट्यो नेप्से, १० अर्ब ९७ करोड बराबरको कारोबार

    काठमाडौं ।  सेयर बजार परिसूचक (नेप्से) आज पनि घटेको छ । सोमबारदेखि घट्न थालेको नेप्से आज पनि २५.१६ अंकले घटेको हो । योसँगै बजार परिसूचक २८२१.१३ विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भयो । 

    सोमबारभन्दा अगाडि नेप्से १० दिनसम्म लगातार बढेको थियो । पछिल्लो पटक गत बुधवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि उच्च दरमा बढेको नेप्सेले यो अवधिमा २१२ अंकले बढेको थियो । यो वृद्धिले लामो समयदेखि साइडवेजमा चलेको बजारमा बुलिस ट्रेन्डको संकेत देखिएको थियो । तर, पछिल्लो तीन दिनमा बजार ६८ अंकले करेक्सन भएसँगै बजार साइडबेजको अवस्थाबाट उठ्न नसकेको देखिएको छ । 

    आज बजारमा ६२ कम्पनीको मूल्य बढेको छ । १७४ कम्पनीको मूल्य घटेको छ भने बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज समाज लघुवित्त र गार्डियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरैले घटेको छ । 

    बजारमा आज ट्रेडिङ बाहेक सबै उपसमूह घटेको छ । घटेका उपसमूहको गिरावट २ प्रतिशत भन्दा कम नै देखिन्छ । कारोबार रकमका आधारमा आज पनि हिमालयन रि-इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी अगाडि छन् । आज पनि दुवै कम्पनीको कारोबार रकम ९० करोड भन्दा माथि रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०८१ बुधवार - १५:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij