२०८२ माघ ७ गते बुधवार
काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म मिसिङः केटी हराएको सुचना को चार दिन अगावै टिकट बुकिङ खुलाइएको छ।
नेपालको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको हो।
नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत यो फिल्मलाई क्युएफएक्सले काठमाडौंमा २५ र काठमाडौंबाहिर ३५ गरी ६० शो दिएको छ। फिल्मले पाएको यो शो उत्साहजनक हो।
फिल्ममा नाजिर, सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायतको अभिनय छ।
फिल्ममा अमितेष शाह विशेष भूमिकामा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij