२०८२ माघ ७ गते बुधवार
काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुनेछ।
मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकालेको नेपालले भारतसँग अंक बाँडेको थियो।
समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ।
समूह ‘बी’ को विजेता बन्दै सुपर चार पुगेको भारतको पाँच अंक छ। बंगलादेश र नेपालको समान चार अंक भए पनि रनरेटका आधारमा बंगलादेश तालिकाको दोस्रो स्थानमा छ। श्रीलंका भने सुपर चारको तालिकामा तीन अंकका साथ अन्तिम स्थानमा छ।
शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ। फाइनल खेल आइतबार बिहान हुँदैछ।एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij