Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज सुदूरपश्चिम र कर्णाली भिड्दै

आज सुदूरपश्चिम र कर्णाली भिड्दै


  • 1.7K
    Shares

    आज सुदूरपश्चिम र कर्णाली भिड्दै
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलहरू आज सकिँदै छ। अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्।

    खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुनेछ। आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ।

    जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन्। प्लेअफ चरणमा पुग्ने एउटा टोलीको टुंगो लाग्नमात्र बाँकी छ। अब कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्लेअफ चरणमा पुग्नेछन्। 

    हालसम्म ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा छ। सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ। सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा छ।

    प्रकाशित मिति :पौष १ २०८१ सोमवार - ०७:५३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij