Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा, को हुन् उनी ?

स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा, को हुन् उनी ?


  • 3.5K
    Shares

    • images
    स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा, को हुन् उनी ?
    images

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    यससँगै बैंकको सीईओ बन्ने पहिलो नेपाली नागरिक बनेका छन् राणा । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत विदेशी बैंकको सेयर स्वामित्व छ ।

    सन् १९८७ मा सञ्चालनमा आएको बैंकले विदेशी नागरिकलाई नै सीईओ बनाउँदै आएको थियो । तर, यसपटक भने बैंकले नेपाली नागरिकलाई नै बैंकको व्यवस्थापकिय नेतृत्व दिने निर्णय गरेको हो ।

    रााणले ग्रिनलेज बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् । ग्रिनलेज बैंकलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकले किनेपछि उनी पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा नै काम गर्दै आएका थिए । यसअघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए ।

    डीसीईओ हुँदा उनले प्रमुख कमर्सियल, कर्पोरेट र संस्थागत बैंकिङ्ग, ग्राहक कभरेजको जिम्मेवारी समेत सम्हालेका थिए । तीन दशक बढी बैंकिङ अनुभव रहेको राणाले एमबिए गरेका छन् ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंक तत्कालिन कम्पनी ऐन, २०२१ (संशोधन सहित) बमोजिम वि.सं २०४२ पुस ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा नेपाल ग्रिण्डलेज बैंक लिमिटेडको नामबाट दर्ता भएको हो । तत्कालिन वाणिज्य बैंक ऐन, २०३१ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति पाएको यस बैंकले वि.सं २०४२ माघ २४ गतेदेखि सञ्चालनमा आएको हो ।

    तर, कम्पनी रजिष्ट्रारको कार्यालयको वि.सं २०५८ असार २६ गतेको निर्णयबाट साविकको नेपाल ग्रिण्डलेज बैंक नाम परिवर्तन गरी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रुपान्तरण भएको हो ।

    प्रकाशित मिति :मंसिर २५ २०८१ मंगलवार - १३:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij