२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कारोबारको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १८ अंक बढेको छ । बुधबार २.८५ अंक घटेर २६७१.६१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १८.६६ अंक बढेर २६९०.२८ विन्दुमा पुगेको हो ।
बिहीबार प्रि ओपन सेसनमा ५६ कम्पनीको १ करोड ६९ लाख ४३ हजार ९७५ रुपैयाँ बराबरको २६ हजार ३९२ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij