Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक


  • 1.9K
    Shares

    ‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक
    images

    दसैँ, तिहार तथा छठको अवसरमा आईएमई पेले ‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना  सार्वजनिक गरेको छ।

    असोज १७ देखि कात्तिक २२ सम्म लागू हुने  योजनामा  सेवाग्राहीले आईएमई पेमार्फत गर्ने  कारोबारहरुमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरु जित्न सक्नेछन्।

    मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा  आइफोन १६, फ्रिज, वासिङ मेसिन, टिभी, वान प्लस प्याड, साप्ताहिकमा सीएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरु रहेको छ। साथै सेवाग्राहीहरुले आफ्नो आइएमई पे एपमा कुनै पनि बैंकको खाता लिङ्क गरेको खण्डमा यी पुरस्कारहरु जित्ने डबल मौका पनि पाउनेछन्।

    डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरूमाझ अझ बढावा दिन योजनालाई थप परिष्कृत गर्दै आइएमई पेमार्फत गरिने विभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिनेछ।

    पुरस्कारहरुको विजेताहरु घोषणा आइएमई पेको सामाजिक सञ्जालमार्फत हुनेछ। दैनिक तथा साप्ताहिक पुरस्कारबाहेकको सम्पूर्ण विजेताहरुले अभियान अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नेछन्।

    पुरस्कारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतस् आइएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्नेछ। 

    प्रकाशित मिति :आश्विन १८ २०८१ शुक्रवार - १३:३६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij