२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बरगाछी – रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी – रानी ६ लेन सडकमा बृक्षरोपण कार्याक्रमका लागि आर्थिक सहयोग गरेको छ ।
उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख, श्री रबिन घिमिरेले बिराटनगर महानगरपालिकाका मेयर, श्री नागेश कोइरालालाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उदेश्यले यस्ता गतिविधिहरू समय समयमा सञ्चालन गर्दै आएको छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij