Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

विपत्ति

राहतकोषमा ४ दलका सांसदको तलब जम्मा, रास्वपा–राप्रपाको सर्वत्र आलोचना 

राहतकोषमा ४ दलका सांसदको तलब जम्मा, रास्वपा–राप्रपाको सर्वत्र आलोचना 


  • 3.4K
    Shares

    राहतकोषमा ४ दलका सांसदको तलब जम्मा, रास्वपा–राप्रपाको सर्वत्र आलोचना 
    images

    काठमाडौं । गत शुक्रबार र शनिबार परेको भारी वर्षासँगै आएको बाढीपहिरो र डुबानले ठूलो धनजनको क्षति पुर्याएको छ । विपदमा परी हालसम्म २२८ जनाको मृत्यु भएको छ भने २५ जना सम्पर्कविहीन छन् । 

    सम्पर्कविहीन, घाइते र मृतका आफन्तहरूका लागि राजनीतिक दलका सांसद, विभिन्न दातृ निकाय, संघ–संस्था, व्यक्ति लगायतले प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहतकोषमा रकम जम्मा गर्दै आएका छन् । 

    प्रमुख सत्तारूढ कांग्रेस, एमाले सांसदहरूले १५ दिनको तलब कटाएर उक्त कोषमा जम्मा गर्ने भएका छन् । यसका लागि बैठक नै बसालेर कांग्रेस–एमालेले निर्णय गरिसकेको छ । 

    त्यस्तै प्रमुख प्रतिपक्षी माओवादी सांसदहरूले पनि ७ दिनको तलब कटाएर प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहतकोषमा जम्मा गर्ने निर्णय गरेका छन् । यसका साथै उसले पार्टीका सबै संगठनलाई राहत, उद्धार तथा प्रतिकार्यमा जुट्न निर्देशन समेत दिएको छ भने मंगलबारबाटै हेल्पटेस्क सञ्चालनमा ल्याएको छ । 

    त्यसैगरी प्रतिपक्षी एकीकृत समाजवादीका सांसदहरूले राहतकोषमा १५ दिनको तलब कटाएर जम्मा गर्ने निर्णय गरेका छन् । उसले पनि राहत तथा उद्धार कार्यमा जुटन सबैलाई आह्वानसमेत गरेको छ । 

    प्रतिपक्षी रास्वपा र राप्रपाले भने हालसम्म कुनै निर्णय गरेका छैनन् । दुई दिनको लगातारको भारी वर्षाले निम्त्याएको विपदमा यी दलहरू रमिते बनेको भन्दै सर्वत्र आलोचना भएको छ । राहत र उद्धार कार्यमा जुट्नुको साटो आलोचनामा उत्रिनु रास्वपा र राप्रपाका लागि उपयुक्त नभएको कतिपयको ठहर छ । 

    प्रकाशित मिति :आश्विन १६ २०८१ बुधवार - १५:१८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij