२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । वायुसेवा कम्पनीले अधिकतम सीमामा भाडा नलिने घोषणा गरे पनि काठमाडौंबाट बाहिर जाँदा बढी मूल्य राखेका छन् ।
सडक यातायात अवरुद्ध भएसँगै वायुसेवा कम्पनीले अधिकतम भाडा लिएरै यात्रुलाई उडान गर्दै आएका हुन् ।
काठमाडौंबाट धनगढीको बिहीबारसम्मको लागि उडानमा टिकट पाउनै मुस्किल छ । शुक्रबारको लागि उडान हुँदा १७ हजार रुपैयाँ टिकट मूल्य छ । शुक्रबारअघि नयाँ उडान थप नगर्दासम्म टिकट नै छैन ।
त्यसैगरी काठमाडौंबाट विराटनगरको हवाइ भाडा ९ हजार ९०३ रुपैयाँ छ । त्यो पनि एक हप्तापछिको रहेको छ । बुद्ध एयरले अनलाइनमा टिकट उपलब्ध गराएको छ ।
काठमाडौंबाट भैरहवाको लागि शुक्रबार मात्रै उडान छ । शुक्रबारको लागि यति एयरलाइन्सको ८ हजार ५५५ रुपैयाँ भाडा छ ।
काठमाडौंबाट पोखरा बिहीबारको लागि टिकट उपलब्ध छ । श्री एयरलाइन्स र बुद्ध एयरले पोखराका लागि ५ हजार ९०० रुपैयाँ भाडा तोकेका छन् ।
यसअघि प्रधानमन्त्री केपी ओलीले वायुसेवा कम्पनीहरूले यात्रुबाट अधिकतम भाडा लिएको गुनासो आएको भन्दै कम भाडा लिन आग्रह गरेका थिए । तर, उक्त कम्पनीहरूले प्रधानमन्त्रीको आग्रह लत्याउँदै आएका छन् ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij