Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रक्षेपण

एडीबी प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत

एडीबी प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत


  • 2.0K
    Shares

    • images
    एडीबी प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत
    images

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

    सेप्टेम्बर महिनाको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको हो ।

    यसअघि अप्रिलको आउटलुकमा एडीबीले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरेको थियो ।

    दक्षिण एसियामा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहने प्रक्षेपण एडीबीको छ । सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत रहने अनुमान गरिएको छ ।

    कृषि उत्पादनमा सुधार, उर्जा उत्पादनमा वृद्धि र पर्यटन आगमनमा वृद्धि लगायतले अर्थतन्त्र सुधारमा मद्दत गरेको एडीबीले जनाएको छ ।

    मध्यपूर्वमा भूराजनीतिक तनावले द्वन्द्व बढेमा नेपालले पाउने रेमिट्यान्स घट्ने अर्थतन्त्रको चुनौती रहेको एडीबीले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    वैश्विक अर्थतन्त्रमा समस्यामा आएका नेपालको पर्यटन घट्ने र जलवायुसम्बन्धीका ठूला घटनाले पनि नेपालको अर्थतन्त्रमा चुनौती सिर्जना गर्नसक्ने एडीबीले जनाएको छ ।

    समग्रमा एसियाको आर्थिक वृद्धिद्धर पाँच प्रतिशत रहने प्रक्षेपण छ । 

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - १४:०८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij