Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

१२ अंकले बढ्यो नेप्से

१२ अंकले बढ्यो नेप्से


  • 10.0K
    Shares

    १२ अंकले बढ्यो नेप्से

    काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेर बन्द भएको छ । बुधबार २६१९.०३ अंकमा बन्द भएको नेप्से आज १२.८८ अंकले वृद्धि भएर २६३१.९० अंकमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ ।

    आज नेप्सेमा ७ अर्ब २५ करोडको ९ लाख २४ हजारको कारोबार हुँदा १ करोड ४३ लाख ९० हजार ४७७ कित्ता सेयर किनबेच भएको छ । बुधबार बजारमा ६ अर्ब १६ करोडको कारोबार भएको थियो ।

    बिहीबार नेप्सेले कायम गरेको तेस्रो उच्च विन्दु हो । यसअघि, गएको फागुन ९ गते नेप्से २४०.३५ अंकको ऐतिहासिक उचाइमा पुगेको थियो भने फागुन ६ गते २६३६.६८ अंक रहेको थियो । फागुन ९ गते ऐतिहासिक उचाइमा पुगेर घट्न लागेको नेप्से चैत २ गते २३८९.१९ अंकसम्म झरेको थियो ।

    बिहीबार प्रि ओपन सेसनमा नै साढे २६ अंकले वृद्धि भएर २६४५.५ अंकमा खुले पनि इन्ट्रा डे कारोबारमा सोही विन्दुलाई उच्च विन्दु कायम गर्दा २६१५.२६ अंकको तल्लो विन्दु कायम गरेको छ ।

    होटेल तथा पर्यटन, लघुवित्त, जीवन बिमा, म्युचुअल फन्ड र लगानी उपसूचकबाहेक सबैमा हरियाली छाउँदा अन्य उपसूचक ३.३५ प्रतिशतले बढेर बजारलाई लिड गरेको छ । यस्तै, विकास बैंक उपसूचक १.७७ प्रतिशत र बित्त कम्पनी उपसूचक  १.७० प्रतिशत, व्यापार उपसूचक १.५५ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.२५ प्रतिशतले बढेको छ ।

    यता, होटेल तथा पर्यटन उपसूचक भने सर्वाधिक १.८८ प्रतिशत र लगानी उपसूचक १.१८ प्रतिशतले घटेको छ । बजार परिसूचकसँगै बिहिबार कारोबार रकम पनि बढेको छ ।

    आज नेप्सेमा कारोबार रकममा अपर तामोकोसीले लिड गरेको छ । अपर तामाकोसीको ३० करोड २२ लाख ७३ हजारको कारोबार हुँदा, जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)को २४ करोड ४० लाख ३३ हजार र अपी पावरको २४ करोडको कारोबार भएको छ ।

    बिहीबार नेप्सेमा कारोबार भएका ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने कम्पनीमा सान्जेन जलविद्युत् कम्पनी,  युनाइटेड फाइनान्स, किसान लघुवित्त, वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, अजोड इन्स्योरेन्स र युनाइटेड फाइनान्स रहेका छन् ।

    यता, सेयर मूल्य घट्नेमा भने एचआईडीसीएल अगाडि छ । कम्पनीको सेयर मूल्य ५.५३ प्रतिशतले घट्दा सानिमा जनरल इन्स्योरेन्सको ३.९९ प्रतिशत र चन्द्रागिरि हिल्सको ३.३ प्रतिशतले मूल्य घटेको छ । आज कारोबार भएको सूचीकृत कम्पनीमा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ कम्पनीको घटेको छ र १६ कम्पनीको मूल्य भने स्थिर छ ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १६:००:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij