२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा २ हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ । हाल क्वारेन्टिनमा ५७ जना छन । त्यसैगरी आइसोलेसनमा १ हजार २८२ जना छन् ।
पछिल्लो २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij