Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अन्तर्राष्ट्रिय

गाजामा इजरायली सेनाको आक्रमण : ३६ हजार ८०१ प्यालेस्टिनीको मृत्यु, ८३ हजार ६८० घाइते, वेपत्ता कति ?

गाजामा इजरायली सेनाको आक्रमण : ३६ हजार ८०१ प्यालेस्टिनीको मृत्यु, ८३ हजार ६८० घाइते, वेपत्ता कति ?


  • 3.2K
    Shares

    गाजामा इजरायली सेनाको आक्रमण :  ३६ हजार ८०१ प्यालेस्टिनीको मृत्यु, ८३ हजार ६८० घाइते, वेपत्ता कति ?
    images

    इजरायली विदेश मन्त्रालयले शनिबार नुसिरातमा अपरेसनको क्रममा गाजामा हमासको बन्दीबाट चार जना बन्धकहरूको सफलतापूर्वक उद्धार भएको घोषणा गरेको छ । हमास लडाकु समुहले अक्टोबर ७ मा ’नोभा’ सङ्गीत महोत्सवमा चारै जनालाई बन्धक बनाएको थियो । 

    इजरायली रक्षा बल, इजरायली सुरक्षा एजेन्सी र इजरायली प्रहरीको संयुक्त विज्ञप्तिमा अधिकारीहरूले मध्य गाजा पट्टीमा जारी विशेष अपरेसनमा चार जनालाई फेला पारिएको बताएका हुन् । 

    आज बिहान (शनिबार) नुसिरातमा संयुक्त आईडीएफ, आइएसए र इजरायल पुलिस (यामाम)को संयुक्त अपरेसनमा हमासले बन्धक बनाएको नोआ अर्गामानी, अल्मोग मीर जान, आन्द्रे कोज्लोभ  र स्लोमी जिभ गरि  चार इजरायली बन्धकहरूलाई उद्धार गरिएको छ । उनीहरुलाई नुसिरातको दुईवटा छुट्टै स्थानबाट उद्धार गरिएको थियो, विज्ञप्तिमा जानकारी गराइएको छ । 

    इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त विज्ञप्तीलाई पुष्टि गर्दै सबै बन्धकहरु सुरक्षित रहेको र हाल अस्पतालमा सारिएको बताएको छ । ‘उनीहरूको स्वास्थ्य अवस्था राम्रो छ र थप मेडिकल जाँचका लागि ’सेबा’ तेल–हासोमर मेडिकल सेन्टरमा सारिएको छ ।

    चारजनालाई हमास लडाकु सङ्गठनले अक्टोबर ७ मा ’नोभा’ सङ्गीत महोत्सवबाट उनीहरुलाई अपहरण गरेको थियो,’ मन्त्रालयले जानकारी गराएको छ । यद्यपि नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे कुनै जानकारी दिइएको छैन । 

    अक्टोबर ७ देखि गाजामा इजरायली सेनाको आक्रमणमा कम्तीमा ३६ हजार ८०१  प्यालेस्टिनी मारिएका र ८३ हजार ६८० घाइते भएको र पछिल्लो २४ घण्टामा ७० जना प्यालेस्टिनी मारिएको र १ सय ५० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो समाचार तयार पार्दासम्म हजारौँ संख्यामा बेपत्ता भएका छन् । 

     

    प्रकाशित मिति :जेठ २९ २०८१ मंगलवार - १५:५३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij