Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अन्तर्राष्ट्रिय

राष्ट्रपतिले गरे संसद् भंग, मध्यावधि निर्वाचनको घोषणा

राष्ट्रपतिले गरे संसद् भंग, मध्यावधि निर्वाचनको घोषणा


  • 3.7K
    Shares

    राष्ट्रपतिले गरे संसद् भंग, मध्यावधि निर्वाचनको घोषणा
    images

    युरोपेली सङ्घ (ईयू) को चुनावमा अति राष्ट्रवादी (दक्षिणपन्थी) समूहको विजयले फ्रान्समा आइतबार राजनीतिक भुइँचालो निम्त्याएको छ । 

    निर्वाचनसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले उच्च जोखिमको कदमको संज्ञा दिएको विधायिकाको मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । 

    मध्यमार्गी मूलधारका दलहरूले युरोपेली संसद्मा समग्र बहुमत कायम राखेपनि समग्र परिणाममा अति दक्षिणपन्थी दलहरूको सुधार देखिएपछि ईयूको राजनीति तरङ्गित भएको छ । 

    अति राष्ट्रवादी समूह फ्रान्स, इटाली र अष्ट्रियामा पहिलो तथा जर्मनी र नेदरल्याण्ड्समा दोस्रो भएको प्रारम्भिक नतिजाले देखाएको छ ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भने, “हामी बायाँ र दायाँबाट अतिवादीहरूको विरुद्धमा किल्ला निर्माण गर्नेछौं ।”

    ७२० सदस्यीय व्यवस्थापिकाको निर्वाचनका लागि २७ देशका ३६ करोडभन्दा बढी युरोपेलीले मतदान गरेका थिए ।

    ईयूको अर्को संसद र आयोगले युक्रेनमा रूसको जारी युद्ध, अमेरिका–चीन प्रतिद्वन्द्विताका कारण विश्वव्यापी व्यापार तनाव, जलवायु परिवर्तनको सङ्कटकालीन अवस्था र ‘विघटनकारी’ नयाँ डोनाल्ड ट्रम्पको राष्ट्रपतिको सम्भावनाको सामना गर्नुपर्नेछ ।

    ईपीपीको प्रमुख उम्मेदवारको रूपमा, भोन डेर लेयेन आयोग सञ्चालन गर्नका लागि नयाँ जनादेश आवश्यक ठान्छन् । 

    इयूका नेताहरूले जुन २७ देखि २८ सम्म हुने शिखर सम्मेलनअघि जुन १७ देखि नै उनको नाम लिने वा अर्को विकल्प रोज्ने भन्नेबारे निर्णय गर्न थाल्नेछन् ।

    यद्यपि, फ्रान्समा मरिन ले पेनको दक्षिणपन्थी नेसनल ¥याली (आरएन) पार्टीको शानदार जितले म्याक्रोँलाई यति ठूलो झट्का दियो कि उनले पेरिस ओलम्पिकको एक महिना अघि जुन ३० का लागि राष्ट्रिय विधायिकाको चुनावको आह्वान गरे । 

    उनले भने, “म केही भएको छैन जस्तो व्यवहार गर्न सक्दिनँ । उनले फ्रान्सेली जनताले अब आफू र भावी पुस्ताका लागि सबैभन्दा राम्रो विकल्प रोज्नुपर्ने बताए । 

    प्रकाशित मिति :जेठ २८ २०८१ सोमवार - १४:५७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij