Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

छिमेकी मुलुक 

तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा मोदी, नेपाल लगायतका छिमेकी देशका नेताहरूलाई निम्ता 

तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा मोदी, नेपाल लगायतका छिमेकी देशका नेताहरूलाई निम्ता 


  • 4.9K
    Shares

    तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा मोदी, नेपाल लगायतका छिमेकी देशका नेताहरूलाई निम्ता 
    images

    काठमाडौं । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी सुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् । 

    समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।

    मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । 

    मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । प्रधानमन्त्री मोदीले आफ्नो बुधबार नै राजीनामा दिएका छन् । अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ । सम्भवतः मोदीले आज नै सरकार गठनको दाबेदारी गर्ने छन् । 

    प्रकाशित मिति :जेठ २४ २०८१ बिहिवार - १०:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij