Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

दक्षिण अफ्रिकामा बाढीमा परी कम्तीमा १८ को मृत्यु

दक्षिण अफ्रिकामा बाढीमा परी कम्तीमा १८ को मृत्यु


  • 2.1K
    Shares

    दक्षिण अफ्रिकामा बाढीमा परी कम्तीमा १८ को मृत्यु
    images

    दक्षिण अफ्रिकाको पूर्वी तटमा मुसलधारे वर्षाका कारण आएको बाढीमा कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

    पूर्वी केप प्रान्तमा कम्तीमा सात जनाको मृत्यु भएको बाढीको केन्द्रविन्दु रहेको नेल्सन मन्डेला बे नगरपालिकाका प्रवक्ताले बताए ।

    साथै बन्दरगाह सहर डर्बन र त्यस वरपर कम्तीमा ११ जनाको मृत्यु भएको छिमेकी क्वाजुलु–नटालको प्रान्तीय सरकारले बताएको छ ।

    नेल्सन मन्डेला खाडी विशेषगरी नगरपालिकाको बस्तीमा रहेका अस्थायी घरहरूबाट दुई हजारभन्दा बढी मानिसलाई बाहिर विस्थापन गरिएको छ ।

    स्थानीय अधिकारीहरूले कपडा, खाद्यान्न र कम्मल दानका लागि अपिल गरेका छन् ।

    प्रान्तीय अधिकारीहरूले क्वाजुलु–नटाल प्रान्तमा सतर्कताको अवस्था घोषणा गरेका छन् ।

    “५५ जनालाई सामान्य चोट लागेको छ र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ”, प्रान्तीय सरकारले विज्ञप्तिमा भनेको छ, “कम्तीमा एक सय २० जना विस्थापित भएका छन् र उनीहरूलाई अस्थायी आश्रयस्थलमा राखिएको छ ।”

    डर्बन र यसको वरपरको क्षेत्र सन् २०२२ मा दक्षिण अफ्रिकाको इतिहासको सबैभन्दा भीषण बाढीको स्थल थियो । उक्त बाढीबाट पहिरो जाँदा चार सयभन्दा बढीको ज्यान गएको थियो ।

    प्रकाशित मिति :जेठ २२ २०८१ मंगलवार - १९:३५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij