Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने प्रक्षेपण

नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने प्रक्षेपण


  • 2.6K
    Shares

    नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने प्रक्षेपण
    images

    भारतमा सातौं र अन्तिम चरणको लोक सभा चुनाव सकिएसँगै एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धनले तेस्रोपटक चुनाव जित्ने प्रक्षेपण गरेका छन् ।

    हिन्दुस्तान टाइम्सका अनुसार लगभग सबै एक्जिट पोलहरूले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले ३५० भन्दामाथि सिट जित्ने प्रक्षेपण गरेका छन् ।

    त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले १३० सिट वरिपरि जित्ने प्रक्षेपण गरिएको छ ।

    ५४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन एनडिएलाई २७२ सिट चाहिन्छ ।

    चुनावका यी प्रक्षेपण सही भएमा नरेन्द्र मोदी लगातार तीनपटक निर्वाचन जितेर भारतको प्रधानमन्त्री बन्नेछन्। यसअघि जवाहरलाल नेहरू पनि सन् १९५२, सन् १९५७ र सन् १९६२ मा गरी तीनपटक प्रधानमन्त्री बनेका थिए ।

    मोदीले नेतृत्व गरेको एनडिए गठबन्धनले पछिल्ला दुई चुनाव, सन् २०१४ र २०१९ मा पनि बहुमत ल्याएको थियो । 

    मोदी पछिल्ला दस वर्षदेखि भारतका प्रधानमन्त्री छन् ।

    सन् २०१९ को निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट सहित बहुमत ल्याएको थियो। यसपालि पनि उसले एक्लै बहुमत पुर्‍याउने अनुमान छ ।

    भारतका एक्जिट पोलहरूले सन् २००४ र २००९ मा चुनावको ठीक प्रक्षेपण गर्न सकेका थिएनन् ।

    सन् २००४ मा भाजपाले नेतृत्व गरेको एनडिए गठबन्धनले बहुमत ल्याउने र भाजपा नेता अटल बिहारी बाजपेयी प्रधानमन्त्री बन्ने प्रक्षेपण गरिएको थियो ।

    तर सो निर्वाचनमा कंग्रेस आईले नेतृत्व गरेको युनाइटेड पिपल्स अलायन्स (युपिए) ले जित हासिल गरेको थियो। कंग्रेस आईका नेता तथा पूर्वअर्थमन्त्री मनमोहन सिंह प्रधानमन्त्री चुनिएका थिए ।

    सन् २००९ मा पनि युपिए गठबन्धनको थोरै सिट आउने भनेर एक्जिट पोलहरूले गरेको अनुमान मिलेको थिएन । त्यो चुनावपछि पनि युपिएकै मनमोहन सिंह दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए ।

    तर सन् २०१४ र सन् २०१९ का दुई आमनिर्वाचनमा एक्जिट पोलहरूले चुनावको नतिजा ठीक प्रक्षेपण गरेका थिए ।

    प्रक्षेपणअनुसार दुबैपटक भाजपा नेतृत्वको एनडिए गठबन्धनले बहुमत ल्याएको थियो ।

    प्रकाशित मिति :जेठ २० २०८१ आइतवार - ११:१६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij