Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सातदोबाटोमा ट्रकको ठक्करले बाटो काटिरहेकी एक पैदलयात्रुको मृत्यु

सातदोबाटोमा ट्रकको ठक्करले बाटो काटिरहेकी एक पैदलयात्रुको मृत्यु


  • 2.9K
    Shares

    सातदोबाटोमा ट्रकको ठक्करले  बाटो काटिरहेकी एक पैदलयात्रुको मृत्यु

    काठमाडौं ।  ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार मध्यान्ह बाटो काट्ने क्रममा ना ८ छ ७५०६ नम्बरको ट्रकले एक महिलालाई ठक्कर दिएको थियो। 

    काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल बस्ने ४० वर्षीय अप्सरा दाहालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनी ललितपुरको बाँडेगाउँमा आफन्तकोमा जान लागेकी थिइन्। सोही क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो।

    घटनापछि उनलाई पाटन अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला प्रहरी परिसरका एपसी नरेशराज सुवेदीले जानकारी दिए। 

    प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सुवेदीले जनाएको छ। 

    प्रकाशित मिति :जेठ १४ २०८१ सोमवार - १३:२६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij