Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इलाममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

इलाममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु


  • 2.8K
    Shares

    इलाममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    काठमाडौं । इलामको माई नगरपालिका–८, माइखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय मिङसुहाङ लिम्बू र आठ वर्षीय किस्मन आङदेम्बे रहेका छन् । 

    उनीहरू बिहीबार दिउँसो माइखोलामा पौडी खेल्न गएका थिए । अबेरसम्म घर नफर्केपछि खोजी गरिएको थियो ।  प्रहरी टोली र स्थानीयले मिङसुहाङलाई पानीमा डुबी घाइते अवस्थामा र किस्मनलाई मृत अवस्थामा फेला पारेको थियो । 

    घाइते मिङसुहाङलाई उपचारको लागि बी एन्ड सी अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - १५:२४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij