Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

थलीमा मृत भेटिएका पुरुषका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिए, छोरी पक्राउ

थलीमा मृत भेटिएका पुरुषका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिए, छोरी पक्राउ


  • 2.6K
    Shares

    थलीमा मृत भेटिएका पुरुषका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिए, छोरी पक्राउ
    images

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् भने छोरी पक्राउ परेकोछ ।

    थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

    थलीमा मृत भेटिएका भक्तपुर नगरपालिका–७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार फर्पिङमा घाइते अवस्थामा भेटिएका नगरकोटीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनकी छोरीलाई पनि बबरमहलबाट नियन्त्रणमा लिएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा कृष्ण नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ । ‘मृतकका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिनुले थप आशंका बढाएको छ,’ एसपी अधिकारीले भने ।

    मंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो । घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो ।

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - ११:३८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij