२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थलीमा शंकास्पद अवस्थामा मृत भेटिएको पुरुषको पहिचान खुलेको छ ।
मृतक भक्तपुर नगरपालिका वडा नम्बर ७ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी रहेको खुलेको छ ।
बौद्ध प्रहरीका अनुसार उनको शव आज बिहान ५ बजेर २५ मिनेटमाथली ओरालो नजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो । तर उनको पहिचान खुलेको थिए ।
उनको साथमा भएको सवारी चालक अनुमती पत्रमा भए अनुसार भक्तपुर छालिङ–७ उल्लेख गरिएको छ । नगरकोटीको घाटीमा धारिलो वस्तुले काटेको शंकास्पद अवस्थामा मृत फेला परेको थियो ।
घटना बारे थप अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij