२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेर गम्भीर घाइते भएकी रुपा गिरीको मृत्यु भएको छ ।
किष्ट अस्पताल नजिकैको टहरामा आगलागीमा परेर गम्भीर घाइते भएकी गिरीको गएराति किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।
उनीसँगै आगलागीमा परेका दुई बालिकाको यसअघि २४ वैशाखमा मृत्यु भएको थियो । ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीले यसअघि ज्यान गुमाएका हुन् ।
रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । मोबिल स्टोरमा आगलागी हुँदा घाइते भएका रुपाका श्रीमान् सञ्जय गिरी र १५ वर्षीय मित गिरीको किष्ट अस्पतालमा उपचार हुँदै छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij