२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । सर्लाहीमा श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ९ रामनगर बस्ने २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।
११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा तारलाई कुसुमको श्रीमान् ३४ वर्षीय रम्भा महतोले उठाउने क्रममा करेन्ट लागेको थियो । सो देखेपछि कुसुमले छुटाउन खोज्दा दुवै जना करेन्ट लागेर घाइते भएका थिए ।
घाइतेमध्ये कुसुमको सिद्धि विनायक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै रम्भाको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ ।
यता चितवनको माडी नगरपालिका(२ जीवनपुर बस्ने ५५ वर्षीय शिव प्रसाद मर्दनियाको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतको धारामा हात धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij