Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दुई मोटरसाइकल स्कुल बसमा एक साथ ठोक्किँदा २ जनाको मृत्यु, दुई घाईते

दुई मोटरसाइकल स्कुल बसमा एक साथ ठोक्किँदा २ जनाको मृत्यु, दुई घाईते


  • 2.6K
    Shares

    दुई मोटरसाइकल  स्कुल बसमा एक साथ ठोक्किँदा २ जनाको मृत्यु,  दुई  घाईते

    काठमाडौ ।नुवाकोटको देवीघाटबाट गल्छी जाँदै गरेको स्कुल बसमा दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ। 

    घाइतेको काठमाडौंको टिचिङ र ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    नुवाकोटको गल्छी–त्रिशूली सडकखण्डमा बा३क ३७२२ नम्बरको अर्किड एकेडेमी स्कुलको बस देवीघाटबाट कासिटार जाँदै गर्दा मंगलबार मोडमा बा प्र.०२–०४६ प १५२९ र बा प्र.०२–०४४ प ३६९२ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

    सो क्रममा जिल्ला अस्पताल त्रिशूलीमा चारै जनालाई उपचारका लागि पठाइएकामा २ को मृत्यु भएको र २ जनालाई टिचिङ रिफर गरिएको थियो।  

    स्थानीय प्रहरीका अनुसार बाप्र.०२–०४६ प १५२९ नम्बरको मोटरसाइकल चालक काठमाडौं बस्ने रुबिन रावल र सोही मोटरसाइकलमा सवार ललितपुर बस्ने स्वीकार रानाको मृत्यु भएको हो। 

    त्यस्तै बाप्र.०२–०४४ प ३६९२ नम्बरको मोटरसाइकल चालक काठमाडौंका उपकार थापाको हातखुट्टामा चोट लागेको छ। उनको टिचिङमा उपचार भइरहेको छ। 

    सोही मोटरसाइकलमा सवार काठमाडौंका रितिक तिवारीको टाउकोमा चोट लागेको छ। उनको ग्रान्डी अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। दुवै जनाको उपचार भइरहेको छ। 

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - ११:२७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij