Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न


  • 3.2K
    Shares

    चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
    images

    चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका तीन लाख ९२ हजार गरी कूल पाँच लाख ४४ हजार अपाङ्गता भएका व्यक्तिले रोजगारी पाएको चिनियाँ अपाङ्गता व्यक्ति महासङ्घले जनाएको छ ।
       
     सन् २०२३ मा चीनमा नौ लाख ६० हजार प्रमाणित अपाङ्गता भएका व्यक्ति विभिन्न प्रकारका रोजगारीमा संलग्न रहेका थिए । यसमा सरकारको सहयोगमा रोजगारी, स्वरोजगार, आंशिक समयका लागि रोजगारी र सरकारले उपलब्ध गराएको जन कल्याणकारी रोजगारीहरू समावेश छन् ।
       
     यीमध्ये झण्डै आधा व्यक्ति कृषि उद्योगको खेती, प्रजनन र प्रशोधन क्षेत्रमा कार्यरत रहेको महासङ्घले जनाएको छ । महासङ्घले चीनभरका अधिकारी र संस्थाहरूले सन् २०२३ मा ग्रामीण क्षेत्रहरूमा कठिनाइमा बस्ने दुई लाख ५९ हजार अपाङ्गता भएका व्यक्तिलाई व्यावहारिक सीप तालिम प्रदान गरेको छ ।
       
     सन् २०२३ मा चीनभर ११ हजार तीन सय ९३ दृष्टिविहीन व्यक्तिले गैर–मेडिकल मसाजर (मालिस गर्ने व्यक्ति) बन्नका लागि प्रशिक्षण प्राप्त गरेको र नौ हजार नौ सय ७० व्यक्तिले मेडिकल मसाजर बन्न तालिम प्राप्त गरेको महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १५:१८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij