Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सुरु भयो पत्रकार महासंघको महाधिवेशन

सुरु भयो पत्रकार महासंघको महाधिवेशन


  • 2.7K
    Shares

    सुरु भयो पत्रकार महासंघको महाधिवेशन

    काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट काठमाडौँमा सुरु भएको छ । दुई दिन चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे ।

    राष्ट्रिय सभागृहमा शुक्रबार महासंघको महाधिवेशन भइरहेको छ । महाधिवेशन अघि पत्रकारहरूले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी समेत निकालेका थिए ।

    महाधिवेशनमा उद्घाटन मन्तव्य राख्दै सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले महासंघको इतिहासमा महिला अध्यक्षले नेतृत्व नपाएको अवस्थामा महाधिवेशनले आउने चुनावमा महिला नेतृत्वलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिइन । 

    ‘महासंघले अहिलेसम्मको इतिहासमा महिला नेतृत्व पाएको छैन । अबको नेतृत्व सबैको सहमतिबाट महिला प्राप्त गरोस्’ अध्यक्ष तुम्खेवाले भनिन् ।

    शनिबारसम्म चल्ने महासंघको केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आएका छन् ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १०:४७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij