Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन

गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन


  • 2.2K
    Shares

    गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन

    काठमाडौँ ।  गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत झरेन्द्र प्रसाद चापागाईंलाई इलाका प्रशासन कार्यालय दमकमा सरुवा गरिएको छ ।

    उपसचिव लोकमान श्रेष्ठलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । सिराहका सहायक प्रजिअमा भीमराज कोइराला र सप्तरीको सहायक प्रजिअमा जितेन्द्र कुमार यादवलाई पदस्थापन गरिएको छ ।

    उत्तर कुमार घिमिरेलाई पर्साको सहायक प्रजिअ, नरेश कुमार यादवलाई रौतहटको सहायक प्रजिअ र महेश राज तिम्सिनालाई इलामको सहायक प्रजिअको रूपमा पठाइएको छ ।  

    dsa_XHO2a1whsA.png

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १०:२४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij