Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नबिल बैंक चोरी प्रकरण: शंकास्पद २ व्यक्ति पक्राउ

नबिल बैंक चोरी प्रकरण: शंकास्पद २ व्यक्ति पक्राउ


  • 3.0K
    Shares

    नबिल बैंक चोरी प्रकरण:  शंकास्पद २ व्यक्ति पक्राउ

    काठमाडौ । वीरगन्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।

    मंगलबार बिहान वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो। 

    ‘बैंकको रकम चोरी गरेको आशंकामा हामीले दुई जनालाई पक्राउ गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार बिक्रम थापाले भने, ‘चोरीमा संलग्न अन्यको खोजी भइरहेको छ। चोरी भएको रकम अहिलेसम्म फेला परेको छैन।’

    उनले पक्राउ परेकाहरुको नाम भने खुलाएनन्। ‘उनीहरुलाई हामीले वीरगञ्जभन्दा बाहिरबाट पक्राउ गरेका हौँ। थप अनुसन्धान जारी छ। पछि हामी सबै विवरण सार्वजनिक गर्छौं,’ उनले भने। 

    नबिल बैँकले १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको थियो।

    पर्सा प्रहरीले संकलन गरेको विवरणअनुसार, चोरको एक समूहले आइतबार बिहान करिब चार बजे बैंकको ताल्चा फुटाई भित्र पसेको देखिन्छ। वेल्डिङ गर्ने मेसिनले टिनको बक्सा काटेर नगद निकालेको र बोरामा हालेर लगेको प्रहरीको भनाइ छ।

    बैंकले प्रहरीमा दिएको विवरणअनुसार, टिनमा एक सय र बीस रुपैयाँ दरका नोट थिए। चोरी गरी फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाएर चोर भागेको पाइएको छ।

    सोमबार बिहान बैंकका गार्डले ताल्चा खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको रोहबरमा ताल्चा फुटाएर भित्र प्रवेश गर्दा चोरी भएको पाइएको थियो।

    चोरीमा करिब ७ जनाको समूह सहभागी भएको पाइएको छ। मुख्य स्पेसमा राखिएका पैसा भने चोरले नलगेका प्रहरीकाे भनाइ छ।

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - १०:२८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij