Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

चीनमा परेको भारी वर्षाका कारण हङकङमा उच्च रेल सेवा अवरुद्ध

चीनमा परेको भारी वर्षाका कारण हङकङमा उच्च रेल सेवा अवरुद्ध


  • 2.3K
    Shares

    चीनमा परेको भारी वर्षाका कारण हङकङमा उच्च रेल सेवा अवरुद्ध
    images

    मुख्यभूमि चीनमा खराब मौसमका कारण हङकङ र दक्षिण ग्वाङझाउबीचको उच्च गति रेल सेवा बिहीबार अवरुद्ध हुन पुगेको छ।

    मास ट्रान्जिट रेलवे (एमटीआर) कर्पोरेसनले जनाएअनुसार सीमापारका अधिकारीले दक्षिणी ग्वाङझाउ जाने मार्गहरूG6528, G6516, G6530 र G6536 तथा हङकङ जाने मार्गहरू  G6527, G6515, G6529 र G6535 निलम्बन गरिएको छ भने वेस्ट काउलुन टर्मिनस र ग्वाङझाउ दक्षिणका दुई रुट G6510 र G6511 लाई सेन्जेन उत्तरतर्फ रि-डाइरेक्ट गरिएको छ।

    कम्पनीले यात्रुलाई कम्पनीको वेबसाइट 12306.cn का साथै मोबाइल एप जाँच गरेर मात्र यात्राको तय गर्न भनेको छ।

    ग्वाङदोङ प्रान्तमा जारी भारी वर्षाका कारण सेवा परिवर्तन गर्नुपरेको कम्पनीले जनाएको छ। यहाँ बाढीका कारण कम्तीमा चार जनाको ज्यान गुमेको छ भने हजारौँ विस्थापित भएका छन्।

    सेन्जेन, जुहाइ, जियाङमेन र याङ्जियाङ सहर पछिल्ला दिन खराब मौसमका कारण प्रभावित भएका छन्। चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले ग्वाङदोङमा अझै केही दिन भारी वर्षा हुने अनुमान गरेको छ।

    हङकङमा पनि यस हप्ता अस्थिर मौसम हुने मौसम पूर्वानुमानकर्ताले बताएका छन्।अब्जर्भेटरीले दिउँसो पौने १ बजे विशेष मौसम सूचना जारी गर्दै ताइओमा करिब ७० किलोमिटर प्रतिघण्टाको आँधी चल्ने चेतावनी दिएको थियो।

    ‘तीव्र हुरीले हङकङलाई असर गर्न सक्छ। यदि तपाईँ घर बाहिर हुनुहुन्छ भने जतिसक्तो चाँडो सुरक्षित स्थानमा जानुहोस्,’ सूचनामा भनिएको थियो। साथै आगामी दिनमा मोघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन्।

    हङकङले केही दिन यतादेखि नै अस्थिर मौसमको सामना गरिरहेको छ।

    (साउथ चाइना मर्निङ पोस्ट)

    प्रकाशित मिति :बैशाख १३ २०८१ बिहिवार - १२:२५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij