Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तेस्रो त्रैमासमा आरएसडिसी लघुवित्तले कमायो ११ करोड २१ लाख नाफा, अन्य सूचक कस्तो ? 

तेस्रो त्रैमासमा आरएसडिसी लघुवित्तले कमायो ११ करोड २१ लाख नाफा, अन्य सूचक कस्तो ? 


  • 2.1K
    Shares

    तेस्रो त्रैमासमा आरएसडिसी लघुवित्तले कमायो ११ करोड २१ लाख नाफा, अन्य सूचक कस्तो ? 

    काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ करोडभन्दा बढी नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक बर्ष २०७९/८० को तुलनामा ३०.३४ प्रतिशत बढेको हो । साथै, तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने सबैभन्दा पहिला पनि बनेको छ । यस कम्पनीले वैशाख ३ गते वित्तीय विवरण सार्वजनिक गरेको हो । 

    उक्त वित्तीय विवरण अनुसार कम्पनीले ९ महिनामा ११ करोड २१ लाख २१ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ८ करोड ६० लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । 

    यता, सञ्चालन नाफा यस वर्ष ३० दशमलव ३० प्रतिशत बढ्दा कम्पनीको खुद नाफामा समेत बृद्धि देखिएको हो । यस वर्ष इम्पेरमेन्ट चार्ज वापतको रकम फिर्ता हुँदा कम्पनीको सञ्चालन नाफा बढेको हो । गत वर्ष इम्पेरमेन्ट चार्ज वापत् ७ करोड ३७ लाख ६२ हजार रूपैयाँ छुट्याएको कम्पनीले यस वर्ष ५५ हजार रूपैयाँभन्दा बढी उक्त शिर्षक वापत्को रकम फिर्ता पाएको हो ।

    तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने बढेको छ । गत वर्ष यस अवधिसम्म ५ करोड ६३ लाख रूपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा यस वर्ष ८ करोड ६१ लाख रूपैयाँभन्दा बढी कायम भएको हो । हाल कम्पनीको चुक्तापूँजी ९४ करोड ४३ लाख ५१ हजार रूपैयाँ छ । 

    यस वर्ष ८ दशमलव ६० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी बढाएको हो । रिटर्न अर्निग ११ करोड २७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १२ करोड रूपैयाँभन्दा बढी रहेको छ ।

    तेस्रो त्रैमाससम्म ५ अर्ब ६५ करोड ७९ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ६ अर्ब ६१ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ३७ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर २ दशमलव ९९ प्रतिशत कायम भएको छ । 

    तेस्रो त्रैमाससम्म १५ रूपैयाँ ८३ पैसा प्रति शेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२४ रूपैयाँ ६९ पैसा रहेको छ । यस अवधिसम्म कम्पनीले शून्य दशमलव ६९ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

    प्रकाशित मिति :बैशाख ६ २०८१ बिहिवार - ०७:३८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij