२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर चार दलीय नयाँ सत्ता गठबन्धन बनेसँगै बुधबार पुन अर्थमन्त्री बनेका थिए । अर्थमन्त्रीलाई लिएर सेयर बजारको जोड घटाउ हेर्ने गरिएकोमा पुन आएको पहिलो दिन नै नेप्सेले हरियो बत्ती बालेको हो
बिहीबार नेप्से सूचक साढे १३ अंकले बढ्दै २०३०.५५ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सू+चक ९ अंक माथिले बढेको थियो । यस दिन ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ ।
आज पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने एनआईसी ग्रोथफन्ड २ को मूल्य ६.२१ प्रतिशतले घट्न पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij