Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८६ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८६ करोडको कारोबार


  • 2.6K
    Shares

    नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८६ करोडको कारोबार

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५ अंकले वृद्धि हुँदै २०७६ अंकमा अडिएको नेप्से सूचक आज १४.४६ अंकले पुनः घटेर २०६२.०३ अंकमा झरेको हो । 

    आज कारोबार समेत घटेर ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो दिन ५ अंकले वृद्धि नेप्से वृद्धि हुँदा ४ अर्ब ११ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । म्यानु एण्ड प्रो उपसूचक बाहेक अन्य १२ वटा उपसूचक आज ऋणात्मक भएका छन् । 

    यस दिन २४९ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा १६३ वटा कम्पनीको मूल्य घटेको छ भने ७९ वटाको मूल्य केही बढेको छ ।

    बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले वृद्धि भएको छ । 

    प्रकाशित मिति :फाल्गुण ३ २०८० बिहिवार - १५:२६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij