२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक पौने ५.७४ अंकले बढेर बन्द भएको छ ।
अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक बिहीबार थप ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो ।
आज कारोबार समेत केही बढेर ३ अर्ब २१ करोड २२ लाखमा उक्लिएको छ । अघिल्लो दिन २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।
आज बैंकिङ, जीवन बीमा, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक बाँकी ११ वटै उपसूचक धनात्मक भएका छन् । १५७ कम्पनीको सेयर मूल्य बढ्दा आज ८२ वटाको मूल्य घटेको छ ।
आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को मूल्य ९.९७ प्रतिशतले घट्न पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij