Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

१४ अंकले बढ्यो नेप्से, २ अर्ब ४३ करोडको कारोबार

१४ अंकले बढ्यो नेप्से, २ अर्ब ४३ करोडको कारोबार


  • 2.9K
    Shares

    १४ अंकले बढ्यो नेप्से, २ अर्ब ४३ करोडको कारोबार

    काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिममा घट्ने प्रयासमा थियो । तर, कारोबार सकिनुभन्दा १० मिनेटको अन्तरालमा नै १४ अंकको वृद्धि आएपछि दोहोरोको अंकले बढेर बन्द भएको हो ।

    आज २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको ७४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १३ वटा कम्पनीको मूल्य भने स्थिर छ ।

    परिसूचक दोहोरो अंकले बढ्दा नेपाल टेलिकम र पिपल्स पावर लिमिटेडको मूल्य समान १०/१० प्रतिशतले बढेको छ । यसबाहेक समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावार डेभलपमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    यसक्रममा ४ वटा कम्पनीको सूचक भने घटेको छ । आज होटल र टुरिजम, उत्पादनमूलक, म्यूचुअल फण्ड र निर्जीवन बीमा कम्पनीको सूचक घटेको हो । यसबाहेक सबैजसो कम्पनी समूहहरुको सूचक बढेको छ ।

     

    प्रकाशित मिति :माघ २२ २०८० सोमवार - १६:०३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij