२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आज बिहीबार ३।९४ अंकको गिरावट आएको छ । आज बढेर सुरु भएपनि कारोबार अवधिमा घटबढ हुँदै अन्तिममा घटेरै बन्द भएको हो । परिसूचक २०८८ अंकबाट कारोबार खुलेको थियो ।
०।१८ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०८४ अंकमा आएर रोकिएको छ । यसक्रममा आज ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज परिसूचकमा सामान्य गिरावट आउँदा ९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४१ वटा कम्पनीको मूल्य घट्दा १५ वटा कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा सामलिङ पावर कम्पनीको सेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ ।
परिसूचक घटेपनि आज ५ वटा समूहको सूचकमा भने सुधार आएको छ । व्यापार समूह १४।६५ अंकले बढ्दा म्यूचुअल फण्ड समूह ०।०१ अंक र वित्त समूह २।६५ अंकले बढेको छ । यस्तै, विकास बैंक समूह ५।९५ अंकले बढ्दा बैंक समूहको सूचक २।२६ अंकले बढेको छ ।
६ वटा समूह बढेपनि ७ समूहमा भने गिरावट आएको छ । जसमध्ये होटल र टुरिजम समूहमा ५८ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहको सूचकमा ४७ अंक र जीवन बीमा समूहको सूचकमा ४५ अंकको गिरावट आएको छ ।
पछिल्लो समय निरन्तररुपमा सेयर बजार परिसूचक घट्दै आएको छ । आजसहित नेप्सेमा यो लगातार ७ औँ दिनको गिरावट हो । ७ दिनको अवधिमा ९१।०५ अंकको गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको खराब प्रतिवेदन सार्वजनिक भएयता बजार निरन्तर ओरालो अवस्थामा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij