२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। लोक सेवा आयोगले लिएको परीक्षाको परीक्षाफलको सूचना विभागले सार्वजनिक गरेको हो।
विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै लिखितमा सहभागी भएको २६८ मध्ये ४४ जनाको नाम प्रकाशित गरेको छ।
विभागले नेपाल विशेष सेवा समूह अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीको अनुसन्धान अधिकृतको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो।
साथै उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवारहरूलाई तृतीय चरणको विस्तृत स्वास्थ्य परीक्षणका लागि आव्हान गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij