Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्से सूचक दोहोरो अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार

नेप्से सूचक दोहोरो अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार


  • 2.6K
    Shares

    नेप्से सूचक दोहोरो अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार

    काठमाडौँ । आज पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । केही दिन यता लगातार घटिरहेको नेप्से सूचक बुधबार १०.२५ अंकले घट्दै २ हजार ८८.०४ विन्दुमा झरेको हो । 

    आज कारोबार समेत ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा आज १५३ वटा कम्पनीको मूल्य ओरालो लागेको छ । 

    बैंकिङ समूह र म्युचुअल फन्ड बाहेक आज ११ वटा उपसूचक ऋणत्मक भएका छन् । बैंकिङ समूहको उपसूचक ०.०९ प्रतिशतले बढेको छ भने म्युचुअल फन्डको उपसूचक ०.१४ प्रतिशतले बढेको हो । यता हाइड्रोपावर समूहको उपसूचक १.२७ प्रतिशतले घटेको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक १.६५ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक १.०८ प्रतिशतले घटेको छ । 

    आज चन्द्रागिरि हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ भने यता तेरथुम पावर कम्पनीको मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ ।

    प्रकाशित मिति :माघ १० २०८० बुधवार - १५:४९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij