Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चैत पहिलो हप्तादेखि एसईई परीक्षा, ग्रेडिङ प्रणाली लागू नहुने

चैत पहिलो हप्तादेखि एसईई परीक्षा, ग्रेडिङ प्रणाली लागू नहुने


  • 3.7K
    Shares

    चैत पहिलो हप्तादेखि एसईई परीक्षा, ग्रेडिङ प्रणाली लागू नहुने

    काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ ।

    बुधबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा चैत पहिलो साता शुरु हुने बताएका हुन् । 

    उनले संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले परीक्षा हुने हो वा होइन भन्ने अन्योलमा नपर्न आग्रह समेत गरे । 

    यसवर्षदेखि एसईईमा सबै विषयमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने प्रावधान राखिएको छ । यसअघि ‘ग्रेडिङ प्रणाली’ थियो । अब भने त्यो लागू नहुने भएको छ ।

    प्रकाशित मिति :पौष २६ २०८० बिहिवार - १०:४५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij