Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्सेको उकालो यात्रा कायमै, ६ अर्ब रुपैयाँ बराबरको कारोबार

नेप्सेको उकालो यात्रा कायमै, ६ अर्ब रुपैयाँ बराबरको कारोबार


  • 2.7K
    Shares

    नेप्सेको उकालो यात्रा कायमै,  ६ अर्ब रुपैयाँ बराबरको कारोबार

    काठमाडौँ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक नौ दशमलव ५० अंकले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो ।

    ११८ वटै कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ । परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेमा आज ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज मनकामना स्मार्ट लघुवित्त र हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्यमा भने १० प्रतिशतको वृद्धि आएको छ । यसबाहेक, थप ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, आज छिमेक लघुवित्तको सेयर मूल्य ५.९५ प्रतिशतले घटेको छ ।

    परिसूचक बढेपनि कारोबारमा आएका १३ मध्ये ७ समूहको सूचक घटेको छ । निर्जीवन बीमा समूह १५, जीवन बीमा समूह २८, लगानी समूह ०.५२ र जलविद्युत समूहमा १२ अंकको गिरावट आएको छ । यस्तै, होटल र पर्यटन समूह ४८ अंक, वित्त १.९० अंक र विकास बैंक समूह १९ अंकले घटेको छ ।

    यसबाहेक ६ समूहमा भने सुधार आएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूहमा ६६ अंकको वृद्धि देखिएको छ । यस्तै, लघुवित्त ३७ अंक र अन्य समूह ३४ अंकले बढ्दा बैंक समूह १३ अंकले बढेको छ । बजारमा पर्याप्त तरलता बढेपछि परिसूचक योसहित लगातार तेस्रो दिन बढेको हो ।

     

    प्रकाशित मिति :पौष २५ २०८० बुधवार - १५:५७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij