Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


  • 1.9K
    Shares

    विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    मोरङ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । 

    प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय  स्थापना भएको हो । नवस्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त  गरे । 

    राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२  राजनीतिक दलका प्रतिनिधिहरुसँग चाँडै  छलफल कार्यक्रम गरिने उनले बताए। 

    कोशी प्रदेशमा दुई  स्थानका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख-उपप्रमुख २७४ सहित तीन सय ६७ जनाले मतदान गर्ने छन् ।     

     

    प्रकाशित मिति :पौष १७ २०८० मंगलवार - ०८:३९:५८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij