Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नयाँ वर्षको उत्साहजनक सम्बोधनमा सीद्वारा ‘लचिलो’ अर्थतन्त्रको प्रशंसा

नयाँ वर्षको उत्साहजनक सम्बोधनमा सीद्वारा ‘लचिलो’ अर्थतन्त्रको प्रशंसा


  • 2.0K
    Shares

    नयाँ वर्षको उत्साहजनक सम्बोधनमा सीद्वारा ‘लचिलो’ अर्थतन्त्रको प्रशंसा

    राष्ट्रपति सी जिनपिङले कोभिडपछि आर्थिक सुधार रोकिँदा वित्तीय आँकडा लगातार निराशाजनक रहे पनि चिनियाँ अर्थतन्त्र सन् २०२३ मा ‘थप लचिलो र गतिशील’ भएको बताएका छन् । 

    राष्ट्रपति सीले विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्रको नेतृत्वमा चुनौतीपूर्ण २०२३ को सामना गरेका छन् । उनको प्रशासनले एक वर्षअघिको आफ्नो कठिन शून्य–कोभिड नीतिलाई तीव्ररूपमा समाप्त गरेपछि आर्थिक सुधारलाई कायम राख्न् सङ्घर्ष गरिरहेको छ । 

    यद्यपि सीले राज्य प्रसारक सिसिटिभीमा भने, “अर्थतन्त्रले ‘तूफानको सामना गरेको’ छ ।” उनले  ‘उच्च गुणस्तरको विकास’ र विद्युतीय वाहन, लिथियम बेट्री तथा सौर्य प्यानलजस्ता उदीयमान उद्योगलाई प्रवर्द्धनलाई स्वागत गर्दै भने “अर्थतन्त्र पहिलाभन्दा थप लचिलो र गतिशील भएको छ ।”

    “आगामी वर्ष हामीले आर्थिक सुधारको सकारात्मक प्रवृत्तिलाई मजबुत बनाएर अगाडि बढाउनुपर्छ र दीर्घकालीन आर्थिक स्थिरता हासिल गर्नुपर्छ”, उनले भने । 

    केही कठिनाइलाई स्वीकार गर्दै राष्ट्रपति सीले भने, “केही कम्पनीहरूले सञ्चालन दबाबको सामना गर्नुपरिरहेको छ र केही मानिसले रोजगारी र जीवनयापनमा कठिनाइको सामना गर्नुपरिरहेको छ, यी सबै कुराले मलाई अत्यन्त चिन्तित बनाउँछ ।”

    “हाम्रो लक्ष्य महत्त्वाकांक्षी हुनाका साथै अत्यन्त सरल पनि छ, अन्त्यमा यसले मानिसहरूलाई राम्रो जीवन यापनमा मद्दत गर्नु हो”, उनले भने । 
        
    रेकर्ड युवा बेरोजगारी र महत्त्वपूर्ण सम्पत्ति क्षेत्रमा लगातार ऋण सङ्कटले यस वर्ष चीनको वृद्धिलाई प्रभावित गरेको छ । आइतबार जारी आधिकारिक आँकडाअनुसार डिसेम्बरमा राष्ट्रव्यापी कारखाना गतिविधिमा गिरावट आएको छ । यो गिरावट सङ्कुचनको लगातार तेस्रो महिना हो ।

    विश्लेषकहरूका अनुसार बेइजिङले करिब पाँच प्रतिशतको आफ्नो घोषित वार्षिक विकास लक्ष्य हासिल गर्नका लागि सङ्घर्ष गर्नुपर्ने हुनसक्छ ।

     

    प्रकाशित मिति :पौष १६ २०८० सोमवार - ०८:३६:३६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij