Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

झापा दमकका १०७ वर्षीय धनन्जय घिमिरे ‘नगर पिता’ घोषित

झापा दमकका १०७ वर्षीय धनन्जय घिमिरे ‘नगर पिता’ घोषित


  • 2.0K
    Shares

    झापा दमकका १०७ वर्षीय धनन्जय घिमिरे ‘नगर पिता’ घोषित

    झापाको दमक नगरपालिकाले १०७ वर्षीय धनञ्जय घिमिरेलाई ‘नगर पिता’ घोषणा गरेको छ। 

    बुधबार तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिकको दिवसको सन्दर्भमा नगरपालिकाले नगरकै सबैभन्दा ज्येष्ठ नागरिक वडा नम्बर १ निवासी घिमिरेलाई नगर पिता घोषणा गरिएको हो। कार्यक्रममा एक सय वर्ष नाघेका नगर क्षेत्रका छ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो।

    दमक–८ का एक सय छ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक–३ की एक सय छ वर्षीया नरमाया सोराली, दमक–१० की एक सय पाँच वर्षीया नर्वदा खनाल, दमक–७ की एक सय पाँच वर्षीया मीनादेवी कार्की र दमक–१ की १०१ वर्षीया चन्द्रमाया लावतीलाई नगरपालिकाले सम्मान गरेको हो।

    नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक १०७ वर्षीय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले जानकारी दिए।

    दमक नगरपालिकाले ९० वर्षमाथिका ज्येष्ठ र अपाङ्गता भएकालाई घर-घरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले तीनरतीन महिनामा नियमित स्वास्थ्य जाँच गर्नुका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउने गरिएको छ।

    प्रकाशित मिति :पौष १२ २०८० बिहिवार - ०६:४०:५६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij